गठबन्धन बैठक : सिट बाँडफाँटबारे छलफल हुने

लोकपथ
78
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको बताएको छ ।

मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो । हामी निष्कर्षको नजिक पुगेको भन्दै कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार पनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया समेत दिए । चाँडै सहमति गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने पनि उनले बताए । मन्त्री कार्कीले भने ‘अब हामी निष्कर्षको नजिकमा पुगेका छौं । र, त्यो निष्कर्षका निमित्त छलफल भईराखेको छ ।

करिब–करिब १६५ सिटमा ८० प्रतिशत हामी सहमतिको नजिक पुगेका छौं । र, त्यो चाँडै नै सहमती गरेर यहाँहरुमार्फत् हामी सार्वजनिक गर्छौ ।’

सत्तारुढ पाँचदलीय गठबन्धनको सोमवार बसेको बैठक पनि बिना निस्कर्ष सकिएको थियो । गठबन्धनले आगामी निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने मनसाय बनाएपनि अहिलेसम्म सिट बाँडफाँट टुंगो लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?