सत्ता गठबन्धनको बैठक : राष्ट्रपतिको कदमबारे छलफल हुने

लोकपथ
117
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आजपनि बस्दैछ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्ने छ ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रूष्ट छ ।

नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधवार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई उल्लंघन गरेर राष्ट्रपति भण्डारीबाट संविधानको गरिमा पालना नगरेको र संसदीय प्रणालीमाथि प्रहार गरेको गठबन्धनले निष्कर्ष निकालेको छ । राष्ट्रपतिको कदमले व्यवस्थामाथिनै खतरा निम्त्याएको कांग्रेसको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?