भएन नागरिकता विधेयक प्रमाणीकरण, राष्ट्रपतिद्वारा संविधानको उल्लंघन

लोकपथ
468
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी छिन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट बहुमतले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी पठाएको विधेयक मंगलबार १५ दिन पुगेपनि उनले प्रमाणीकरण गरिनन् । संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले यो विधेयक मंगलबार मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । संविधानको धारा ११३ (४) का अनुसार, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

यसअघि राष्ट्रपति भण्डारीले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?