११ चैत्र २०७९, शनिवार

मौलापुरमा सुुरुङ खनेर लाखौँको चोरी

२०७४,आश्विन,३१,मंगलवार १०:५९

0
Shares

रौतहट, ३१ असोज ।जिल्लाको मौलापुर नगरपालिकामा एक चोरसमुुहले गएराति सुुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ ।सोमबार मध्यरातमा चोरले सुुरुङ खनेर मौलापुुर नपा–१ मर्यादपुुर टोलस्थित छुुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी रु छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् ।मौलापुुर नगरपालिका–१ का वडाध्यक्ष रामप्रवेश यादवका अनुुसार सोमबार राति १२ र १ बजेको बीचमा घरधनी सुतिरहेको अवस्थामा चोरले हृदयबैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरुज तिवारीको घरमा सुुरुङ खनेर रु छ लाख बराबरको धनमाल लुुटी लगेका हुन् ।चोरले धोबीको घरबाट नगद रु दुुई लाख, चाँदीको हँसुुली एक थान, चाँदीको गोँडाइ दुई थान, कानुुको घरबाट नगद रु ४० हजार, यादवको घरबाट नगद रु ५० हजार लुटी लगेको वडाध्यक्ष यादवले बताए ।त्यसैगरी, महतोको घरबाट नगद रु एकलाख ५० हजार, पटवाको घरबाट रु ६० हजार र तिवारीको घरबाट नगद रु एक लाख र एकथान लाभा कम्पनीको साधारण मोबाइल सिमसहित चोरेको वडाध्यक्ष यादवले जानकारी दिए ।पीडित भजुुरामले छोरीको विवाहपछि गौँना बिदागिरी (विदाई गर्ने) कामका लागि रकम जोडजाम गरेका थिए भने राधेश्यामले आगामी पूर्णिमामा मर्यादपुरमा लाग्ने मेलामा व्यापार गर्नका लागि सोमबार मात्रै बैंकबाट झिकेर ल्याएको पीडितले बताएका छन् ।त्यसैगरी, काठमाडाँैमा ठेक्कामा काम गरिरहेका सुुरुज तिवारीको छोरा हरिराम तिवारीले जग्गा खरिद गर्न दुुई दिनअघि मात्र पैसा लिएर घर आएका थिए । बाहिरबाट पैसा आएको घर मात्रै छानीछानी चोरी भएकाले चोर समूह नजिकैको हुनसक्ने पीडितले अनुुमान गरेका छन् ।इलाका प्रहरी कार्यालय, विजयपुुरका प्रमुख धर्म मुुडभरीले दीपावली र छठपर्वको मुखमा यसरी चोरी हुुनु दुःखद् भएको बताउँदै घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।मर्यादपुुरबाट मात्र दुुई किलोमिटर दक्षिण मौलापुरमा प्रहरी चौकी र दुुई किलोमिटर उत्तर सन्तपुुर दोस्तीयामा इलाका प्रहरी कार्यालय रहेपनि नियमित गस्तीको अभावका कारण पर्वको मुखमा चोरीको घटनामा वृद्धि भएको स्थानीयले गुुनासो गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरणविरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११
बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द
 २०७९,चैत्र,११,शनिवार १६:३५