सानिमा बैंकले ल्यायो ‘क्यास डिपोजिट मेशिन’ सुबिधा सञ्चालनमा

लोकपथ
65
Shares

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि ‘क्यास डिपोजिट मेशिन’ सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेशिनबाट ग्राहकहरुले ५ सय रुपैयाँ र १ हजार रुपैयाँ दरका १ लाख रुपैयाँभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् ।

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय नक्सालबाट मात्र प्राप्त हुने बैंकका नायव प्रमुख निक्षेप अधिकृत हेम राज संज्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?