सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपिओ निष्काशन गर्ने

लोकपथ
52
Shares

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पुँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले एक कार्यक्रमका बीच एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आज(मंगलवार) हस्ताक्षर गरेको छन् ।

उक्त कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेकोसमेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले उक्त शेयर निष्काशन यसै वर्षभित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएकोसमेत जानकारी दिएका छन् ।

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा अवस्थित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधी, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटडले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको गुड म्यानिफ्याक्चरिक प्रयाक्टिस (जिएमपी) अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आर्थिक वर्ष २०७८/०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधीहरु उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?