निर्वाचन आयोगप्रति मेयर साम्पाङको आक्रोश : ‘चुनाव खर्च दुई लाख थिएन, जरिवाना चाहिँ यति धेरै ?’

लोकपथ
247
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ निर्वाचन आयोगले तोकेको जरिवाना धेरै भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । निर्वाचन खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले ५ लाख ५० हजार जरिवाना लगाएपछि उनी आयोगसँग आक्रोशित बनेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेस गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो ! मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?