काठमाडौं । देशका तेह्र जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला कोरोना संक्रमणमुक्त भएका हुन् ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर एक सय ६० कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो दर ९८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या एक हजार छ सय १९ पुगेको छ । यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आइसियु)मा १९ जनाको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया