२१ आश्विन २०७९, शुक्रवार

आइएमई ग्रुप र यूएनसिडिएफबीच डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्ने सहकार्य

२०७९,आश्विन,४,मंगलवार २१:५८

9
Shares

काठमाडौं । आइएमई ग्रुपले युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्ड (यूएनसिडिएफ) को सहकार्यमा डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्नका लागि समझदारी गरेको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच आइएमई गु्रप र (यूएनसिडिएफ)बीच समझदारी भएको हो ।

सम्झौता अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन सहकार्य गर्ने भएका हुन् । सम्झौतामा विशेष गरी महिला रेमिटेन्स प्राप्त कर्ताहरूका समस्याहरूको न्यूनीकरणमा गर्ने विषयमा बढी केन्द्रित हुने छ । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत सम्झौताले सहजता ल्याउने बताए ।

उनले महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने मुख्य उद्देश्य गु्रपको रहेको बताए । उनले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास रहेको बताएका हुन् । निर्देशक ढकालले युएनसीडीएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने बताए ।

सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हीतका लागि सहकार्य गर्दै आइरहेका छन् । सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य रहेको आइएमईले बताएको छ ।

आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ ।

तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले वहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २० दशमलव ३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २० दशमलव ३ प्रतिशतले बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,४,मंगलवार २१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४