काठमाडौं । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध–प्रदर्शनमा बल प्रयोग गर्दा थप पाँच जनाको मृत्यु भएको मानवअधिकार अनुगमनकर्ताले जनाएका छन् । इरानमा अधिकार उल्लङ्घनको अनुगमन गर्ने नर्वेजियन संस्था ‘हेङ्गग अर्गनाइजेसन फर ह्युमन राइट्स’ले दिएको जानकारी अनुसार विरोध–प्रदर्शनमा बल प्रयोग गर्दा थप पाँच जनाको मृत्यु भएको हो ।
इरानको कुर्दिश क्षेत्रमा भएको प्रदर्शनमा प्रहरी धरपकडमा परि उनिहरु मारिएका हुन् । त्यस्तै, अन्य सहरमा भएका प्रदर्शनमा थप ७५ जना घाईते भएको बताइएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसघीय कार्यवाहक उच्चायुक्त नादा अल–नासिफले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनविरुद्ध इरानी सुरक्षा बलहरूले प्रयोग गरेको हिंसात्मक प्रतिक्रिया प्रति चिन्ता व्यक्त गरिन् ।
उता, तेहरानका गभर्नर मोहसेन मन्सौरीले भने प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको र सार्वजनिक सम्पत्ति नष्ट गरेको आरोप लगाएका छन् । सोमवार ट्वीट गर्दै उनले प्रदर्शनकारीहरू ‘पूर्ण रूपमा संगठित रुपमा तेहरानमा अशान्ति सिर्जना गर्न लागेको’ आरोप लगाए ।
पछिल्लो प्रदर्शन २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको हो । उनलाई हिजाब नलगाएको आरोपमा इरानको धार्मिक प्रहरीले पक्राउ गरेर ‘पुनरः शिक्षा’ केन्द्र लगेको थियो । त्यहाँ उनलाई शिष्ट पोशाकबारे ‘मार्गदर्शन’ लिन लगिएको थियो । इरानी प्रहरीले अमिनीको हृदयघातका कारण मृत्यु भएको बताउदै उनको मृत्यु ‘दुर्भाग्यपूर्ण’ भएको बताएको छ । तर, अमिनीको परिवारले उनलाई कुनै मुटुको समस्या नभएको भन्दै प्रहरीको भनाई स्वीकार्न मानेका छैनन् ।
अमिनीको हृदयघातको कारण निधन भएको भन्ने प्रहरीको स्पष्टीकरणलाई प्रदर्शनकारीहरूले स्वीकार गरेका छन् । संयुक्त राष्ट्रसंघले जवाफदेहिताको माग गर्दै तेहरान, इस्फाहान, काराज, मशहद, रश्त, सक्कस र सनन्दजलगायत सहरमा हजारौं मानिस सडकमा उत्रिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया