कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो छैन भन्ने बुझेको छु : स्वास्थ्यमन्त्री खापुङ

लोकपथ
104
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खापुङले अहिले चिकित्सा क्षेत्रमा भइरहेको स्वास्थ्यकर्मीहरुको परिचालन र उनीहरुलाई दिएको जिम्मेवारी बाँडफाँटमा धेरै असन्तुष्टि आइरहेको बताएका हुन् ।

उनले देश संघयिताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा अधिकांश कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिरहेको भन्ने आफ्नो बुझाइ रहेको बताए । मन्त्री खापुङले संघीयतालाई सहजबाटोमा लैजान सबैलाई चित्तबुझ्दो र सबैलाई सम्मान हुने बाटो खोज्नुपर्ने बताए । उनले तीनै तहको सरकार आफ्नो आफ्नो ठाउँमा जिम्मेवार रअधिकार सम्पन्न भएकोले संघीयतालाई व्यवस्थित गर्न लाग्नुपर्ने बताए।

उनले भने, ‘अहिलेको स्वास्थ्य क्षेत्रका चिकित्सकहरुको परिचालन, विभिन्न ठाउँमा जिम्मेवारी बाँडफाँटको कारणले सबैलाई चित्त बुझाइ छैन किजस्तो मैले बुझेको छु । हामी संघीयताको अभ्यास गरिरहेका छौँ । स्थानीय तह, प्रदेश र केन्द्र, तीन तहको सरकार सञ्चालित छ । अभ्यासकै क्रममा हामी कर्मचारी क्षेत्रको पनि समायोजन भएर कोही स्थानीय तह, कोही प्रदेश र कोही संघमा आवद्ध भएका छौँ । यसबाट पनि धेरै स्वास्थ्यकर्मीहरु यो अलि सही ढंगको भएन की भन्ने गुनासो छ भन्ने मेरो बुझाइ छ । मलाई लाग्छ, संघीयता लागू भइसकेको छ, संविधानले निर्दिष्ट गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले घोषणा गरिसकेका छौँ । त्यसलाई सहज बाटोमा लैजान लागि र सबैलाई चित्तबुझ्दो किसिमले सबैलाई सम्मान हुने बाटो हामी सबैले खोज्नुपर्छ यही संघीयता भित्र नै भन्ने लाग्छ । हामी सबै आफ्ना आफ्ना ठाउँमा जिम्मेवार छौँ
। राजनीतिक गर्ने जिम्मेवार निकायका व्यक्तिहरुले पनि आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्छ । हामी आफ्नो आफ्नो ठाउँमा जिम्मेवार मात्रै नभएर अधिकार सम्पन्न छौँ ।’

मन्त्री खापुङले हरेक तह र तप्कामा रहेर काम गर्ने मानिसहरु आफ्नो कार्य क्षेत्रमा विज्ञ हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?