सत्ता गठबन्धनमा भोलिसम्ममा सिट बाँटफाँडबारे टुंगो लाग्ला ?

लोकपथ
26
Shares
????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँटफाँडको टुंगो लगाउन सकस परिरहेको छ ।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलवार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँटफाँड टुंगोमा पुग्न लागेको दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्ममा सिट बाँटफाँड टुंग्याउने दाबी गरेका हुन् ।

बैठकमा सहभागी एक नेताले भोलिसम्ममा सिट बाँटफाँड टुग्याउने दाबी गरे । ‘छलफल जारी छ । भोलिसम्म टुंग्याउने भन्ने सहमति भएको छ’ उनले भने ।

१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?