काठमाडौं । प्रतिनिधि सभाको सिट सिट बाँटफाँडका लागि छलफलमा जुटेका गठबन्धनमा आवद्ध नेताहरूको छलफल आज पनि टुंगो नलागि सकिएको छ । मंगलवार बेलुका पनि कुनै निष्कर्ष ननिष्केपछि बैठक बुधवार टुङ्ग्याउने बताइएको छ।
मंगलवार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सयभन्दा बढि सिटमा सहमति जुटिसकेको दाबी गरेका छन् । बुधवार बिहानैबाट पुन : छलफल गर्ने गरी मंगलवारको बैठक सकिएको एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया