झापामा कार दुर्घटना : दुई जनाको मृत्युहुँदा चार जना घाइते

लोकपथ
65
Shares

काठमाडौं । कार अनियन्त्रित भई दुर्घटनाहुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा वडा नम्बर ५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १० की ३० वर्षीया गीता चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च ९१०८ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी १० मा दुर्घटना भएको थियो । अत्यधिक गतिका कारण अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन् । घाइते उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?