नागढुङ्गाबाट नक्कली नोटसहित एकजना पक्राउ

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेको प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?