डा.गोविन्द केसीलाई लिन गएको नेपाली सेनाको स्काइ ट्रक फर्कियो

लोकपथ
252
Shares

काठमाडौं । धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई लिन आएको नेपाली सेनाको स्काइ ट्रक फर्किएको छ ।

थप उपचारको लागि काठमाडौं जान इकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काइ ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । अनशनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार वार्ता भएपनि सहमति हुन सकेको छैन ।

डा.केसीले आफूले राखेका मागहरु सम्बोधन नभएसम्म अनशन जारी राख्ने अडान लिँदै आएका छन् । डा.केसी सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चितता लगायतका माग राखेर अनशनरत छन् ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा ९ दिनदेखि अनशनरत छन् । डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर धनगढीमा विगत ९ दिनदेखि २० औँ सत्याग्रहमा बसेका डा.केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएको हो ।

डा.केसीले अनशन यसअघि शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्ने संविधानमै उल्लेख भए पनि माफियासँग सबै दलका नेताहरु मिलेका कारण गरिब जनताले शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु परेकोले सत्याग्रह गर्नुपरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?