चितवनको रत्ननगरमा डेंगुबाट एकजनाको मृत्यु

लोकपथ
77
Shares

चितवन । पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेंगु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनी ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?