कांग्रेस र एकीकृत समाजवादीका २७ जना युवा एमालेमा प्रवेश

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरि २७ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका हुन् ।

काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवा एमालेलाई प्रवेश गरेका छन् । प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन् ।

उनीहरु नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सधैं प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमासमेत सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?