काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलसहितको बैठक बस्न लागेको हो ।
सोमवार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका गठबन्धन दलहरु सिट बाँडफाँटका विषयमा सहमति जुटाउन केन्द्रित भएका हुन् ।
सिट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए । सिट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको थियो ।
बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया