गोली लागेका मोहम्मदको उपचारका क्रममा मृत्यु

लोकपथ
143
Shares

काठमाडों । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गोली लागि घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका लाल मोहम्मद रहेका छन् । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सर्लाहीको गोडैता नगरपालिका–८ का स्थायी बासिन्दा रहेका थिए ।

गोली लागे पश्चात शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी गार्मेन्ट सञ्चालक रहेको पनि प्रहरीले बताएको हो ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि गोली प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?