रोयल इनफिल्ड ‘One Ride २०२२’ आयोजना हुँदै

लोकपथ
104
Shares

बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘One Ride २०२२” कार्यक्रम आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् ।

One Ride एकै दिन आयोजना गरिन्छ । यस पटक को राइडको नारा : One World | One Mission | One Ride रहेको छ l

‘One Ride २०२२”कार्यक्रम यही असोज २ गते हुनेछ । विहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा
जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्मक खेल तथा CSR का कार्यहरुसमेत हुनेछ ।

CSR को कार्यक्रम अनुरुप चित्लाङमा रहेको “श्री कालीदेवी आधारभुत बिद्यालय” का विधार्थीहरुलाई स्कुल ब्याग वितरण गरिनेछ l कार्यक्रममा चित्लाङका वार्ड अध्क्षय र बिद्यालयको प्रधनाधापक समेतको संलग्नता रहने छ । One Ride को पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । One Ride बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ । बिश्वमा देखिएको वातावरिणय, पर्यावरण, मौसममा भएको परिबर्तनका कारणले जलचर, थलचरलाई प्रभावित भएको हुदाँ कम्पनीले पर्यावरण संरक्षण एवं दुर दराजसम्म पुगी सहयोग गर्ने उद्देश्य राखेको छ। दुर्गम ठाउँमा पुगी वातावरण सफा गर्ने,  वातावरणीय प्रभावलाई कम गर्न मद्दत गर्न One Ride आयोजना गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?