गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडानम्बर ८ मा सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो ।

गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् । उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका थिए । हाल गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?