काठमाडौंको गोठाटारमा चल्यो गोली, प्रहरी घटनास्थलमा

लोकपथ
224
Shares

काठमाडौं । गोठाटारमा गोली चलेको छ । गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाइते भएको प्रहरी उपत्यका अनुसन्धान कार्यालयले जनाएकाे छ ।

प्रहरी अधिकारीहरुका अनुसार घाइतेको पहिचान खुलेको छैन । घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?