लोकपथ टप फिप्टिन : टुँडिखेलमा संविधान दिवसकाे राैनक, निर्वाचन आयोगमा राजनीतिक दलकाे लस्कर

लोकपथ
13
Shares

१. आज संविधान दिवस, नेपालमा संविधान जारी भएको ७ वर्ष पूरा, काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरि मनाइयो ।

२. समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित दलले बुझाए बन्दसूची, भोलि बिहानसम्म पनि बन्दसूचि दर्ता सूचारु रहन सक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको भनाई ।

३. निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग छानविनको प्रतिवेदन कथित भएको नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भनाई, कसैसँग छलफल नगरी एकलौटी ढंगले प्रतिवेदन तयार गरिएको आरोप ।

४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गर्ने घोषणा, संविधान दिवसको अवसरमा विभूषित हुनेहरुको नामावली सार्वजनिक ।

५. उच्च अदालत पाटनको अल्पकालीन आदेशको बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाले जारी राख्यो टुकुचा खोला खोज्ने अभियान, हात्तीसार–कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा खोलाको उत्खनन् ।

६. चिकित्सा क्षेत्र सुधारको माग राख्दै २०औँ पटक अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै, सुविधासम्पन्न अस्पतालमा लैजान सेती प्रादेशिक अस्पतालको सुझाव ।
७. २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिन भन्दै राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान, प्रहरी र प्ररदर्शनकारीबीच झडप, ५ जना आन्दोलनकारी पक्राउ ।

८. डोटीमा कांग्रेसले गठबन्धन नगर्ने संकेत गरेपछि एकीकृत समाजवादीमा खैलाबैला, डोटीबाट प्रतिनिधित्व गर्ने पूर्व मन्त्री प्रेम आले आक्रोशित ।

९. चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटना बढ्न सक्ने भन्दै आमनागरिकलाई सजग रहन जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रह, प्रहरी र नागरिक जिम्मेवारी बरोबर शान्ती सुरक्षा हाम्रो सरोकार भन्दै १६ बुँदे सुरक्षा कवच जारी ।

१०. पछिल्लो २४ घण्टामा थप ९१ ज्नामा कोरोना संक्रमण, १ सय ६५ जना संक्रमण मुक्त हुँदा, सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४० मा झर्यो ।

११. नेपाल नाई संघले बढायो कपाल र दाह्री काटेको मूल्य, अब कपाल काटेको २ सय र दाह्री खौरिएको १ सय २० रुपैयाँ तिर्नुपर्ने ।

१२. तालिवानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने, अफगान सरकारले एक महिनाभित्र टिकटक र ९० दिनभित्र पब्जीमा रोक लगाउने तयारी ।

१३. बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्तिम संस्कार, विश्वका ५ सयबढी नेताको उपस्थितीमा सेन्ट जर्ज च्यापलमा अन्तिम बिदाइ गरिँदै ।

१४. छैटौँ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई, दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई रोक्दै पहिलोपटक बांगलादेश बन्यो विजेता ।

१५. सरकारले खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने, विभूषित हुनेमा तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टदेखि पौडीको ओलम्पियन गौरिका सिंहसम्म ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?