डिशहोममा रिचार्ज गर्दा धनकुटाका सन्तले जिते एक लाख नगद

लोकपथ
78
Shares

काठमाडौं । डिशहोममा रिचार्ज गर्दा एक पुरुषले एक लाख नगद जित हात पारेका छन् । एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत धनकुटाको पाखृवास नगरपालिका वडा नम्बर २ फलाटेका सन्त बहादुर राना मगरले एक लाख जितेका हुन् ।

उनले डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईन अफरमा सहभागीता जनाएका थिए । सन्तले भारद्वाज इन्टरप्राइजेज डिलर अन्तरगत रहेको खदान–१० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेका थिए ।

उनले डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट आफूले जितेको पुरस्कार रकम प्राप्त गरेका हुन् । विजेता सन्त बहादुर राना मगरलाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?