१३ चैत्र २०७९, सोमवार

अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिबानका ८ जना लडाकू मारिए

२०७४,आश्विन,३१,मंगलवार १०:५०

0
Shares

खोस्ट, अफगानिस्तान, ३१ असोज  ।अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन् ।उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका ती लडाकूहरुबीच भिडन्त पनि भएको थियो । उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते पनि भएका छन् ।सो भिडन्तमा परी मारिएका २६ जनाको शव भेटिएको र घाइते भएका ७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जनाइएको छ ।सो जानकारी खोस्टका गभर्नरले दिएका हुन । खोस्टमा मङ्गलबार बिहान पनि भिडन्त जारी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठ जना तालिबान र इस्लामिक स्टेट्स (आइएस) आबद्ध लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ ।नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाहीमा उक्त क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो ।त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार

काठमाडौं । एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ

काठमाडौं । जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६