गठबन्धनमा तालमेल : रामचन्द्रलाई तनहुँ छाडेर बाराबाट चुवान लड्ने तयारीमा किसान श्रेष्ठ

लोकपथ
117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छोड्न परेको बताएका हुन् ।

उनले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताए । नेता श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई नै खोजेको भएपनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नका लागि क्षेत्र छोड्न तयार भएको स्पष्ट पारे ।

नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिएपनि निर्वाचन जित्ने आँट र शाहस लिएर अगाडी बढेको पनि कार्यक्रममा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?