२१ आश्विन २०७९, शुक्रवार

नेपाल वाल प्लास्टको दसैँ सौगात योजना बजारमा

२०७९,आश्विन,३,सोमवार १८:४४

27
Shares

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दसैँ सौगात” नामक योजना बजारमा ल्याएको छ । “निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते (आज)देखि कार्तिक १३ गते सम्मको लागि सञ्चालन गर्न लागिएको जनाएको छ ।

यो योजना अन्तर्गत प्रत्येक ५ सय २५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको ‘सी३०’ मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा कम्पनीले बताएको हो । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स फ्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागुहुने बताइएको छ ।

घर बनाउँदा सिमेन्टको गुणस्तरमा निकै सजग भएपनि बालुवाको गुणस्तरमा वेवास्ता गरेको र घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अनुमान रहेको छ ।

व्यस्त जीवनशैलीमा समयको बचत नै अमुल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको जानकारी नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले दिए ।

विश्व निर्माण जगतमा ड्राइ मिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकसित देशहरुमा यस प्रकारको निर्माण सामाग्रीको प्रचुरमात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पु¥याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ ।

यसै दावीलाई सहयोग पुग्ने आशाका साथ सो डिलर योजनाको सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कमलागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने दावी गरेको छ ।

स्वदेशी सामानको प्रयोग गरी प्रवद्र्धन गर्न अनुरोध गर्दै उत्पादन तथा बजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका बिशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडी बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,३,सोमवार १८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४