कांग्रेसको समानुपातिक सूचीमा गोपालमादेखि आरजुसम्म

लोकपथ
559
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

कांग्रेसले बुझाएको प्रतिनिधिसभा तर्फको बन्दसूचीमा दुई पदाधिकारीसहित अन्य शीर्ष नेताहरुको समेत समानुपातिकको सूचीमा रहेको छ ।

पदाधिकारीतर्फ सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारको नाम समावेश छ । मन्सुर मुस्लिम र परियार दलित क्लस्टरबाट सूचीमा समावेश भएका हुन् ।

त्यसैगरी पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्व सहमहामन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्यद्वय डा. आरजु राणा देउवा र अम्बिका बस्नेतको नाम समेत लगायतको नाम समानुपातिक सूचीमा रहेको बताइएको छ । यद्यपी पूर्ण सूची भने आइसकेको छैन ।

सोमबार र मंगलबारका लागि निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउने समय तोकिदिएको छ । जसअनुसार महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरु बन्दसूची बुझाउन आयोग पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?