गोरखा– गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।
लिगलिगकोट विकास अभियानले सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा अघि बढेको जनाएको छ । विसं १६०४ देखि शुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ । अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिगकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
सो दौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट शुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने छ । १३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद रु ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको ब्याच प्रदान गरिने रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया