चाडबाडमा सुरक्षा सजगता अपनाउन काठमाडौं प्रहरीको आग्रह

लोकपथ
26
Shares

काठमाडौं । चाडपर्वहरु नजिकिँदै गर्दा अपराधका घटनाहरु बढ्ने बताउँदै जिल्ला प्रहरी परिसर काठमाडौंले आम नागरिकहरुलाई सजक रहन आग्रह गरेको छ । ‘प्रहरी र नागरीकको जिम्मेबारी बरोबर शान्ती सुरक्षा हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी परिसर काठमाडौंले सजग रहन आग्रह गरेको हो ।

प्रहरीले अपराधका घटनाबाट बच्न भन्दै विभिन्न सोह्र बुँदामा सुरक्षित रहन आम सर्वसाधरणलाई भनेको छ । प्रहरीद्वारा जारी सूचनामा यस्ता बुँदाहरु उल्लेख गरिएका छन् :–

१). आफ्नो घरमा भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्ने ।

२). आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्ने ।

३). आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरु बारे प्रहरीलाई समयमै खबर गर्ने ।

४).सार्वजनिक स्थानमा धु्रमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्र्ने ।

५). लागुऔषध, नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गर्ने ।

६). मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाउने ।

७). छतमा चढेर यात्रा नगर्ने, सडकको दायाँ बायाँ जथाभावी पार्किङ नगर्ने र ट्राफिक नियमको सधै पालना गर्ने ।

८). कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने ।

९). नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्ने ।

१०). आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सिसिटिभि क्यामेरा जडान गर्न ।

११). विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न, नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाउन ।

१२). धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न ।

१३). रातको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गर्न ।

१४). लामो समयको लागि घर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउन ।

१५). सकेसम्म नगद, बहुमुल्य सामान र गर–गहनाहरु घरमा नराख्न ।

१६). र, ‘दसैँ तथा तिहारको लागि गाउँ जान लागेको’ लगायत उल्लेख गरी सामाजीक सञ्जालमा पोष्ट नगर्न प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको सहायता चाहिएमा प्रहरी कन्ट्रोल १००, ट्राफिक कन्ट्रोल १०३, महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४ तथा जिल्ला प्रहरी परिसर काठमाडौंको ९८५१२८३८४५२ र ९८५१२८३०१२ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?