काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार ललितपुरको गोदावरी १ घर भई हाल ललितपुर कै कुमारीपाटी बस्दै आएका ३७ वर्षीय रन्जित खड्कालाई पक्राउ गरिएको हो ।
रुपसिंह बुढाथोकीले जाहेरीले प्रतिवादी ललितपुर जिल्लाको साविक गोदामचौर गाविस वडा नं ६ हाल परिवर्तित गोदावरी नगरपालिका वडा नं १ घर भई हाल कुमारीपाटी बस्ने खड्कालाई आइतवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको उक्त कार्यालयले जानकारी दिएको छ ।
उक्त कार्यालयका अनुसार खड्का उपर बैंकिङ कसुर मुद्धामा २० लाख ५० हजार बिगो कायम रहेको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारबाहीको लागि आइतवार नैं जिल्ला प्रहरी परिसर टेकु पठाईएको र सो सम्वन्धमा थप अनुसन्धान भईरहेको कार्यालयको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया