यी गायक/गायिका र संगीतकर्मीले संविधान दिवसमा पाए मानपदवी

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज घोषणा गरेको विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा गायक, गायिका र संगीतकर्मीहरु समेटिएका छन् ।

राष्ट्रपति भण्डारीले गायक नन्दकृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरेकी छन् । सुप्रबल जनसेवाश्रीबाट संगीतकार आलोकश्री, संगतीकार दीपक जंगम, गायक आनन्द कार्की र गायिका ज्ञानु राणालाई विभूषित गर्ने घोषणा गरिएको छ ।

यस्तै, संगीतकार मिलन मोक्तान, गायक सिताराम पोखरेल, संगीतकार चेतनाथ सापकोटा (चेतन) र गायिका सत्यकला राईलाई प्रबल जनसेवाश्री दिने घोषणा गरिएको छ ।

जनसेवाश्री लोक गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, गायक तथा संगीतकार कमल सुनार (सौराग) संगीतकार सन्तोष श्रेष्ठ, संगतीकार दिपक शर्मा र संगीतकार सानु कान्छा शाहीले पाउने भएका छन् । नेपाल सेवा प्रवीण गायक किरण गजमेरलाई दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?