संविधान दिवसमा को को पत्रकार र सञ्चारकर्मीले पाए पदवी ?

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको नाम पनि समेटिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारकर्मी तारा भूषण दाहाल (भूषण दाहाल) लाई सुप्रबल जनसेवाश्री दिने घोषणा गरेकी छन् ।

प्रबल जनसेवाश्री पत्रकारहरु जीवनप्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय र प्रकाशचन्द्र सुवेदी, सञ्चारकर्मीहरु सुरजसिंह ठकुरी र नारायणप्रसाद अधिकारी र फोटो पत्रकार हरिगोपाल प्रधानलाई दिने घोषणा गरिएको छ ।

पत्रकार शिवबहादुर पुरी, वैद्यनाथ झा, शेरबहादुर सिंह, बिमला भण्डारी, दिलीप पौडेल, बाला अधिकारी, राजन कुइँकेल, विमल योगी, अजराज बम र सञ्चारकर्मी दुर्गा अधिकारीलाई जनसेवाश्री दिने घोषणा गरिएको छ ।

राष्ट्र यशोवद्र्धक पत्रकार लोकमणि पौडेललाई विभूषित गर्ने घोषणा राष्ट्रपतिले गरेकी छन् । नेपाल सेवा प्रवीणबाट रोशनबहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुषाल, गोपालकुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्बशी बस्न्यातलाई दिने घोषणा गरिएको छ । यस्तै, पत्रकार बद्रीप्रसाद तिमल्सिनालाई समाजसेवा रत्न प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?