चीनमा क्वारेन्टाइनमा लैजाँदै गरेको बस दुर्घटना, सर्वसाधारणद्वारा चर्को आलोचना

लोकपथ
104
Shares

काठमाडौं । चीनमा कोभिड–१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन् । दक्षिण–पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडि पल्टिएको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए ।

दुर्घटनाले बेइजिङको शून्य कोभिड नीतिको आलोचना गर्नेहरूबाट अनलाइन क्रोध फैलायो । नीतिमा सामूहिक परीक्षण र ट्र्याकिङ समावेश छ । पोजेटिभ देखिएका र नजिकका सम्पर्कमा आएका व्यक्तिलाई घरमा वा क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । आइतबार बिहान भएको दुर्घटनाको कारणबारे भने केही बताइएको छैन ।

बाँकी विश्वले कोभिडसँगै बाँच्न खोजिरहेको बेला चीन एक मात्र प्रमुख अर्थतन्त्र हो जुन अझै पनि भाइरस विरुद्धको लडाईलाई प्राथमिकता दिन्छ ।

गुइझोउमा शनिबार ७१२ जनामा कोभिड संक्रमण देखिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?