चिनीको सन्दर्भ मूल्य नघट्ने, ४६५ नै कायम गर्ने फैसला

सरकारले चिनीको भन्सार सन्दर्भ मूल्य परिवर्तन गर्न अस्वीकार गरेको छ । चिनीको सन्दर्भ मूल्य प्रतिक्विन्टल ४६५ अमेरिकी डलर बनाइएपछि आयातकर्ताले मूल्य पुनरावलोकन गर्न सरकारसमक्ष माग राखेका थिए । यद्यपी सरकारले मूल्य नघटाउने अडान लिएको छ ।  

चिनीको सन्दर्भ मूल्य भन्सारमा कायम भएको नै अन्तिम हुने जानकारी पुनरावलोकन समितिले दिएको छ । चिनीको सन्दर्भ मूल्य ४६५ अमेरिकी डलर कायम भएपछि आयातकर्ताले त्यसको पुनरावलोकन होस् भन्दै एक सय वटा उजुरी दर्ता गरेका थिए । तीमध्ये २० वटाको सुनुवाई सकिएको छ ।

भन्सारको गोदाममा चिनी आइसकेपछि सन्दर्भ मूल्य परिवर्तन गरिएको भन्दै चिनी आयातकर्ताले त्यसलाई हटाउन माग राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?