संघ–प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषद्को आग्रह

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल उम्मेदवार मध्ये कम्तिमा ४० प्रतिशत उम्मेदवार युवालाई वनाउन विभिन्न राजनीतिक दल तथा अन्य सम्वद्ध निकायलाई आग्रह गरेका छन् ।

नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार वनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौँ ।’

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ४१.१४ प्रतिशत ४० वर्षमुनिका युवा निर्वाचित हुनुलाई परिषद्ले निकै स्वागतयोग्य र सकारात्मक कदमको रुपमा लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले वताएका छन् ।

संविधान दिवसको अवसरमा परिषदको तर्फबाट विज्ञप्ति जारी गर्दै बस्नेतले भनेका छन् ‘जनसंख्याको ४०.३५ प्रतिशत युवा जनसंख्या रहेको समय जनसाङ्खिक लाभांशको समय हो । यसको भरपुर सदुपयोग गर्नका निमित्त एकातिर हामीले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा युवा परिचालन, सहभागिता र नेतृत्व विकासमा जोड दिनुपर्दछ भने अर्कोतिर युवालाई रोजगारी, उद्यमशीलता र सीप विकासमा जोड्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?