ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ : राष्ट्रपति बाइडेन

लोकपथ
70
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो ।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले ठापुको रक्षा गर्ने बताए । केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ ।

चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन । उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?