सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

लोकपथ
91
Shares

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैँ तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

सुजुकी ‘पर्वोत्सव’ योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने सीजी मोटोकर्पले जनाएको छ ।

योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागु हुने छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागु हुने सीजी मोटोकर्पको भनाई छ ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । योजना सिमित अवधिका लागी मात्र जारी गरिएको पनि मोटोकर्पले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?