काठमाडौं । दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा आफ्ना ग्राहकवर्ग लक्षित “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ ।
हिजो सुर्खेत देखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडरले आफ्नो सहभागिता जनाएका थिए ।
कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारीसमेत मिलेको बताए ।
कार्यक्रमा मन्तब्य राख्दै विकले भने “यो हाम्रो लागि गर्वको कुरा हो । पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु ।”
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगढीमा सम्पन्न गरिसकेको छ । कार्यक्रम आगामी समयमा बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया