मुगुमा सुरु भयाे सुपथ मूल्य पसल

लोकपथ
65
Shares

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले शनिवारबाट छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरेको छ ।

नेपालीहरुको चाडबाड दसैं, तिहार र छड पर्वलाई लक्षित गदै खाद्य कम्पनी मुगुले चामल तथा दालमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिएर बिक्री गर्न शुरु गरेको हो ।

शनिबार प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सुपथ मुल्य पसलको उद्घाटन गर्दै छुट मुल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ महतले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र बजारमा भएको चामलले चर्को मुल्य तिरेर उपभोग गर्दे आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरे पछि बजारमा भएको मुल्यवृद्धि लाई पनि नियन्त्रण गर्ने प्रजिअ महतको भनाई छ ।

कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा बिक्री गर्ने र शनिवारबाट बिक्री शुरु गरेको कम्पनीले कात्र्तिक १५ गतेसम्म सहुलियत मुल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महतले सेवाग्राही छायाँनाथ रारा नगरपालिका वडा नं ५ ताल्चका अछामपुरा कामी लाई छुट मुल्यका चामल वितरण गरेका थिए ।

सेवाग्राहीहरुले आफ्नो नागरिकताको प्रतिलिपी लिएर आएमा प्रति व्यक्ति ५० केजी चामल र दाल पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?