खोसियो चोलेन्द्रको पीएसओ र सरकारी गाडी

लोकपथ
98
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मीहरु हटाइएको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।

जबराले सर्वोच्च प्रवेश गर्ने प्रयास गरेपछि सरकारबाट प्रतिक्रिया रुवरुप उनको सुविधा खोसिएको हो ।

आइतवार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?