नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवन प्रालिबीच सम्झौता

लोकपथ
104
Shares

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रालिबीच सम्झौंता भएको छ । बैंकका अनुसार विशेषाधिकार कार्ड होल्डरहरुलाई होटल स्टार चितवन प्रालिले प्रदान गर्ने सेवा सुबिधामा विषेश छुट दिने सम्झौता सम्पत्र भएको हो ।

नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रालिका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका हुन ।

नारायणी डेभलपमेन्ट बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवन प्रालिको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

बैंकले विभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई विभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटलबाट लिने सेवामा छुट लिन सक्ने बताएको छ ।

यो सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको व्यावसायिक सम्बन्ध तथा व्यावसाय सुदृढ हुने विश्वास बैंकले लिएको छ । बैंकका बिशेषधिकार कार्ड होल्डरहरुलाई होटलले प्रदान गरेको छुट सुबिधामा बैंकले प्रशन्नता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?