काठमाडौं । आजबाट प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिको बन्दसूची बुझाउन सुरु भएको छ ।
निर्वाचन आयोगले दिएको समयसीमा अनुसार आज प्रतिनिधिसभामा दुई राजनीतिक दलले समानुपातिक तर्फको बन्दसूची बुझाएका छन् । भने बागमती प्रदेशको १ र मधेश प्रदेशको १ राजनीतिक दलले बन्दसूची बुझाएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले लोकपथलाई जानकारी दिए ।
‘प्रतिनिधिसभातर्फ २ राजनीतिक दलले बन्दसूची बन्द सुची बुझाएका छन् । यता प्रदेश सभातर्फ मधेश प्रदेशका लागि १ र बागमती प्रदेशका लागि १ राजनीतिक दलले आफ्नो बन्दसूची बुझाएका छन्’ उनले लोकपथसँग भने ।
त्यसैगरी ठूला राजनीतिक दलले भने सूची नबुझाएको उनले बताए ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलिका लागि बन्दसूची बुझाउने मिति तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया