टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतकाे आदेश (पत्रसहित)

लोकपथ
182
Shares

काठमाडौं । टुकुचाको भूमिगत सुरूङमाथि निर्माण गरिएको घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतवार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रवार रिट दायर गरेका थिए ।

उक्त रिटमाथिको सुनुवाइ गर्दै उच्च अदालत पाटनले कानुनी रित नपु¥याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन भनिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

उच्च अदालतले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन भनेको हो ।

अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो । ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ ।

यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?