काठमाडौ :एक अन्तर्रा्ष्ट्रिय संस्थाले गरेको मूल्याकंनमा विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयहरूमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय(त्रिवि) समावेश भएको छ ।
त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिए र यसको सुधार गर्न सके यसको स्थान अझ माथि पुग्ने देखिएको विज्ञहरूको बुझाइ छ ।
यसका पदाधिकारीहरूका नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न सकिए यो उत्कृष्ट ५००मा आउन सक्ने उनीहरूले विश्वास व्यक्त गरे ।
विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको वर्गीकरण गर्ने गरेको ब्रिटेनको टाइम्स हाइयर एजुकेशनले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिभुवन विश्वविद्यालय पहिलो पटक विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको जनाएको छ ।
विभिन्न १३ वटा सूचकका आधारमा सो मूल्यांकन गरिएको छ ।
विभिन्न संकायमा गरी ३ लाख ७० हजार विद्यार्थीहरू पढ्ने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयसँग देशभरि एक हजारभन्दा बढी क्याम्पस आबद्ध छन् ।
उपकुलपति तीर्थ खनियाले अबको लक्ष्य विश्वका उत्कृष्ट पाँच सय विश्वविद्यालयमा त्रिविलाई पार्ने रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया