गायक मुरलीधर राप्रपामा प्रवेश

लोकपथ
104
Shares

काठमाडौं । गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतवार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मुरलीधर सिरहाको क्षेत्र नं.२ वा क्षेत्र नं.४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने भएका छन् । अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताए ।

उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो, पहाडको पल्लो डाँडामा छ सानो गाउँ जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानीजस्ता लोकलयमा आधारित गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?