माइडियाको दसैँ तिहार अफर सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यसपालीको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धी हेरचाहर लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

नेपालमा घरायसी सामाग्रीाहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको माइडिया ब्रान्ड नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै “माइडियाको शुभकामना सरल र सुखी जीवनलाई” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजीवासिङ्ग मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल ८ केजीभन्दा माथिका वासिङ्ग मेसिनको खरिदमा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ । उपहारमा ३४ हजार तीन सय रुपैयाँसम्मको क्यासब्याक रहेको पनि कम्पनीले जनाएको छ ।

ग्राहक योजना भाद्र १५ गतेदेखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । चाडपर्व मनाऔँ रमेर माइडियाको साथमा भन्ने नाराका साथ कम्पनीले माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दाबढी ब्राण्डहरु मध्ये एक भएको जनाएको छ । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो । जुन २०२१ को ग्लोबल फर्च्यून ५ सयमा २ सय ८८ स्थानमा रहन सफल भयो ।

माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिरछ जसमध्ये एचभिएसि, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटि, साथैस्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ । नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरू मार्फत देशभर वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?