विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

लोकपथ
39
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिवार मृत फेला परेका छन् ।

स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिवार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका–१४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाहरुका सबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?