साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
13
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । पछिल्लो समय निरन्तररुपमा घटिरहेको नेप्से परिसूचक आईतवार ३३ दशमलव ९७ अंक घटेर १८७६ दशमलव ४१ बिन्दुमा झरेको हो । आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६ दशमलव ०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ३६ अंकले घटेको छ ।

आज कारोबारमा आएका २ सय २९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता सेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ । नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ३ दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३ दशमलव ०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । नेप्सेपरिसूचक उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य ५ दशमलव ३५ प्रतिशतले बढेको छ ।

त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ । तर, यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?